Kaseni Secondary School,also known as Kaseni Ma.Vi, is a community school (a public school or government school) located in Belbari Municipality-4, Morang, Province No.1. In a typical local term, it is a Sarkari School of Kakum Budhabare. This school is situated 2.5 Kilometers south of Betan Wetland Section of the Mahendra Highway. Based on the records available, this school was established on 7th Poush 2033 according to the Bikram Sambat Calendar( 21st December ,1976 accordingly). By name it is Kaseni, literally meant for tall sharp silky grass (Kaans) though it is not meaningful for the school. Historically, the name of the local governing municipality was Kaseni Gaun Panchayat, so, the name of the school was given to correspond with the name of the then Gaun Panchayat. The name ‘Kaseni’ has still been a place with a small coverage in the southern belt of the Belbari municipality though it had been a good coverage to this belt in the past. Later, the name of the village changed in 2039 and became Belbari ( literally meant for a garden of a hard herbal fruit trees called ‘bell’ in Nepali language.), as a result, the address of the school changed without changing the name of the school and its location. So, this change creates confusion among people for giving the right address in a quick way.
An essential historic connection of the school commencement is remarkable. In fact, this school was brought to this place during the rehabilitation of people residing in Panchayan Jhoda, Baklauri Gaun Panchayat of Sunsari District. People were resettled by the government of Nepal from there to here. Thus, the people migrated from Baklauri, Sunsari to Kakum Budhabare of Morang in the initiation of the government. Panchayan Jhoda was the local and typical name of that place in Sunsari. The people were called ‘Jhoda Basi’ (settlers settled by cutting down the trees of the specific areas since the government allowed them to do so for their settlement). When the whole village transferred, a school (called Panchayat Primary School) also officially came to Morang along with the land registered in the name of Panchayat Primary School. People ran the school with a different name, called Birendra Primary School for some years in the present location. Later, the Birendra Primary School got a new name when it applied for registration in the district education office. The name came to be Kaseni (District Education Office did it ), a name shared with the Gaun Panchayat itself. Later, procedurally, the land owner’s name also changed from Panchayat to Kaseni. Now, the school has its land, 3-0-0 Bigha (20317.88 square meter/218700.00 square feet) . A good aspect of this school is the total land area around the school building. Of the total land area 1-0-0 Bigha is wall-compounded and 2-0-0 Bigha is left to compound.
Socio-economic status
The people living in the school catchment area are heterogenous. Principal racial groups include Rai, Limbu, Darjee, Biswokarma, Sarki, Gurung, Chhetree, Brahmin, Dhimal, Sherpa, Tamang and Tharu.Compared to the people near Highway, the living standard, economically poor people are residing in this area. Additionally, dalit community (Darjee, Biswokarma & Sarki), and community of Rai and Limbu are found thickly settled whereas they have weak socio-economic condition.
परिचय
बि.स.२०३३ साल पुष ७ गते स्थापित कसेनी माध्यमिक विद्यालय प्रदेश नं. १ स्थित बेलबारी नगरपालिका वडा नं. ४ मा अवश्थित छ । यो विद्यालय महेन्द्रराजमार्ग बेतना सिमसार खण्डभन्दा २.५ कि.मि. दक्षिण काकुम बुधबारेको सरकारी विद्यालयको नामले परिचित छ । विद्यालयको नाम “कसेनी” (अर्थात काँसको स्थल) तत्कालिन गाँउ पञ्चायतको नामबाट साभार गरिएको हो । स्थापनाको समयमा यो विद्यालय तत्कालिन कसेनी गाउँ पञ्चायत वडा न .४ मा स्थापना भएकाले पञ्चायतकै नामको शव्द साभार गरि विद्यालयको नामाकरण भएको थियो तर वि.स. २०३९ सालमा बेलवारी गाउँ पञ्चायतको जन्म भयो र कसेनी गाउँ पञ्चायतको ४ नं. वडा बेलबारी गाउँ पञ्चायत तर्फ मिलान हुँदा विद्यालयको ठेगाना वदलिन पुगेता पनि विद्यालयको नामले निरन्तरता पाई कसेनी कै नामवाट परिचित छ ।
यो विद्यालयको जन्मको इतिहास छिमेकी जिल्ला सुनसरीको बकलौरीसँग जोडिएको छ । वि.स.२०३२ सालमा सुनसरी जिल्ला, बकलौरी गाँउ पञ्चायत वडा न.४ पञ्चायन झोडावाट नयाँ बसोवास गराउने क्रममा तत्कालिन कसेनी गाउँ पञ्चायतको वडा नं. ४ मा त्याहाँका बासिन्दाहरू यो ठाउमा ल्याइएका थिए र उनीहरू यस ठाउँका झोडावासीका रूपमा बसोबास गर्न थाले । सुनसरीमा रहदा उनीहरूले आफ्ना वालवालिकाहरूलाई पठन पाठन गराउन स्थापना गरेको श्री पञ्चायत प्राथमिक विद्यालय थियो । बकलौरीकाे पञ्चायन झाेडाबाट यस तत्कालीन केसेनी गाउँ पञ्चायत अन्तर्गतकाे यस ठाउमा जग्गा सट्टा भर्ना गरिने क्रममा पञ्चायन झोडामा स्थापित विद्यालयलाई भौतिक रूपमा यहाँ जस्ताको तस्तै नसारिए पनि वसाइसराइको क्रमसँगै सट्टा दिने प्रक्रियामा विद्याालयको जमिन पनि सम्पति स्वरुप ३–०–० (तीन विगाहा) क्षेत्रफल पनि यस स्थानमा प्राप्त भएको थियो । त्यसै कारण विद्यालयको जमिन लामो समयसम्म पनि उहि पञ्चायत प्राथमिक विद्यालयकोे नाममा नै रहेकाे रहन गएकाे थियोे । धेरै पछि वि स २०५८ सालमा विद्यालयका प्रधानाध्यापक श्री प्रेमप्रसाद भट्टराईको प्रयासवाट सो जमिन श्री कसेनी माध्यमिक विद्यालयको नाममा सार्नु भएकोे थियोे भन्ने बुझिन्छ ।
बि.स. २०३२ सालमा पञ्चायत प्राथमिक विद्यालयको सम्पति मोरङको तत्कालिन कसेनी ४ मा प्राप्त भएपनि विद्यालयको नाम भने पञ्चायत प्राथमिक विद्यालयको सम्पतिको जग्गामा रहेर केही समय श्री वीरेन्द्र प्राथमिक विद्यालयको नामले चलेको थियो. । सुनसरीबाट सारिएका र तत्कालिन कसेनी गाउँ पञ्चायतमा वसोवास सुरु गरेका झोडाबासी जान्ने वुझ्ने शिक्षा प्रेमीहरुमध्येका एक शिक्षाप्रेमी श्री वीरवहादुर वस्नेतको अध्यक्षतामा श्री दलवीर रसाईली शिक्षक तथा शिक्षक जगतबहादुर थापा सदस्य रहेको समितिले विद्यालय सञ्चालन गर्न माग गर्ने र विद्यालयलाई आधिकारिकता प्रदान गर्ने कार्य गरेका थिए । प्रयत्न अनुसार तत्कालिन क्षेत्रीय बसोवास प्रशासकले विद्यालय सञ्चालनका लागि मौखिक आदेश तथा निर्देशन दिएपछि पञ्चायत प्रावि लाई वीरेन्द्र प्रा.वि.का नामबाट सञ्चालन गर्ने औपचारिकता दिइएको थियो । वि स २०३३ सालको सुरुआततिर श्री वीरेन्द्र प्राथमिक विद्यालयका नामवाट सञ्चालन सुरु भएको विद्यालय स्वीकृतिका लागि २०३३ साल भदाै १५ गते माग गरिएको थियो तर विद्यालयकाे दर्ता भने २०३३ साल पुष ७ गते श्री कसेनी प्राथमिक विद्यालयको नाममा अनुवाद सहित भएको थियो । प्रक्रियागत रूपमा वीरेन्द्र प्राथमिक विद्यालय नामाकरण गरिएको आधारमा र सोहि नाम अनुसार सञ्चालनकाे माग गरिएको भएतापनि विद्यालय दर्ता हुँदा गाउँ पञ्चायतको नामबाट ‘कसेनी’ नाम पायो र कसेनी प्राथमिक विद्यालय वन्न पुग्यो । साेहि नामका आधारबाट विद्यालयकाे स्तरराेन्नति सहित आजकाे अवस्था अर्थात कसेनी माध्यमिक विद्यालयकाे रूपमा सञ्चालनमा रहेकाे छ ।