२०८० सालको दशै, तिहार र छटको विदा सम्बन्धमा ।

यहि मिति २०८० साल कार्तिक ३ गतेबाट लागू हुने गरी दशै,  बर्षैविदाबाट बचत विदा (दशै र तिहारको बीचमा), तिहार विदा, १ दिन संचित विदा, छट विदा र प्रदेश सरकारबाट सार्वजनिक विदा घोषणा गरिएको मङ्सिर ४ गतेको छट समापन विदा समेत गरि विदा गरिएको छ । अतः मङ्सिर ५ गतेबाट विद्यालयको पठनपाठन सूचारू गरिने समेत सबै विद्यार्थी, शिक्षक तथा अभिभावकज्यूहरूमा सूचित गरिन्छ । साथै असोज २७ गते घटस्थापनाको दिनदेखि नै दशैँको विदा दिइने गरिएको भएता पनि यस बर्ष शिक्षक आन्दोलनको कारण गत असोज ४ र ५ गतेको असरलाई क्षतिपूर्ति स्वरूप असोज २८ देखि कार्तिक १ गते सम्म परीक्षा सञ्चालन गरि विद्यालय सञ्चालन गरिएको र २ गते शिक्षक बैठक तथा शुभकामना आदान प्रदानको कार्यक्रम पछि कार्तिक ३ गतेबाट विद्यालय विदा गरिएको समेत जानकारीका लागि सूचना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *