आज मिति २०७९ साल चैत्र १० गते आयोजित यस विद्यालयका अभिभभावकहरूको भेला बेलबारी नगरपालिका शिक्षा, खेलकुद तथा युवा शाखाका शिक्षाा अधिकृत श्री एलिना वस्नेतज्यूको अध्यक्षतामा बसी विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङका सदस्यहरू छनोट कार्य सम्पन्न गरियो । भेलाबाट अभिभावकहरूमध्येबाट विद्यालय व्यवस्थापन समिति सदस्यका लागि रिता महरा, जितेन्द्रप्रसाद फूयल, केशरबहादुर खत्री र रिता अधिकारीलाई सर्बसम्मत छनोट गरियो भने शिक्षक अभिभावक सङघको सदस्यका लागि रेनुका दर्नाल, सीता गहतराज, विनु विक, रूपमाया आले, धनकुमारी गुरूङ र सङ्गिता राई छनोट हुनु भएको थियो । कार्यक्रममा बेलबारी नगरपालिका वडा नं.४ का वडाध्यक्ष श्री चन्द्र लिम्बू, निवर्तमान विव्यस अध्यक्ष रामकुमार राई तथा निवर्तमान शिक्षक अभिभावक सङघका अध्यक्ष राजेन्द्रबहादुर अधिकारी, बेलबारी न.पा. वडा नं.४ का वडा सदस्य दिनेश सुवेदी र भिमकुमारी गुरूङको समेत उपस्थिति थियो । कार्यक्रममा विद्यालयका प्रअ नरप्रसाद भण्डारीले अभिभावक भेलालाई स्वागत गर्दै निर्वाचन प्रक्रियाका सम्बन्धमा प्रष्ट पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक कमल कोइरालाले गर्नु भएको थियो ।