विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्बन्धी सूचना

यस विधालयको विद्या‌‌‌‌‌‌लय व्यवस्थापन समिति गठनकालागि अभिभावकहरू भध्येबाट सदस्यहरू छनोट गर्ने कार्यक्रम अन्तर्गत मिति २०७९ साल चैत्र १० गते शुक्रबार अभिभावक भेलाको आयोजना गरिएको हुदा उक्त दिन विहान १० बजे विद्यालयमा उपस्थित भइदिनुहुन यस विद्यालयका सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोध छ । विद्यालय व्यवस्थापन समिति गठनकालागि निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावली (अर्थात अभिभावक नामावली) प्रकाशन भईसकेकाे छ । प्रकासित नामावली सबैले देख्न सक्ने स्थानमा टाँस गरिएको छ । याे सूचि अभिभावक तथा विद्यार्थीहरूले हेर्न सक्नुहुनेछ । सूचि विद्यालयकाे फेसबुक पेज तथा वेवसाईटमा समेत पाउनुहुनेछ । निर्वाचन कार्यक्रम अनुसार २०७९ साल चैत १० गते अभिभावक भेला तय गरिएको छ । अभिभावक भेलाकालागि आजबाट नै अभिभावकहरूलाई पत्राचार गर्न सुरु गरिएकाे छ । भाेलीबाट लगातार तीन दिनसम्म पत्राचार र सुचना प्रवाह गरि १० गते हुने अभिभावक भेलाबाट नियमानुसार ४ जना अभिभावक ( २ महिला अनिवार्य ) लाई विद्यालय व्यवस्थापन समित सदस्य भई ३ बर्ष कार्य गर्नकालागि छनाेट गरिेने छ । सक्षम, सक्रिय अभिभावकलाई व्यवस्थापनमा छानाेट गर्ने याे अवसर समेत भएकाले सबै अभिभावकलाई भेलामा सहभागिता जनाउन हुन अनुराेध छ । हजुरहरूलाई आउने पत्रकाे नमुना यसै साथ समावेश गरिएकाे छ । विद्यार्थीकाे हातबाट हजुरहरूलाई पत्र पठाउदैछाैँ । पत्र नपुगेकाे भएमा यसै सुचनालाई आधार मानेर समेत विद्यालयमा १० गते विहान १० बजे उपस्थित भईदिनुहुन अनुरोध छ । अस्पष्टता भएमा सम्पर्क गर्न सकिने छ ।9842572605, 984-2022420, 985-2048939

Leave a Reply

Your email address will not be published. Required fields are marked *