मिति २०७९ साल फागुन २६ गते शुक्रबार विद्यालयकाे समसामयिक विषयमा छलफल गर्न विद्यालयका अभिभावकहरूकाे भेला सम्पन्न गरियाे । भेलामा अङ्ग्रेजी माध्यमकाे आवश्यकतालाई महत्त्वकासाथ उठाउदै अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएमा अभिभावकहरू आर्थिक सहयाेगका लागि समेत तत्पर रहने प्रतिवद्धता ब्यक्त गरियाे । उक्त अवसरमा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दाका कठिनाइ र विद्यालयलाई थप आर्थिक भार पर्ने आकलनलाई प्रस्तुत गरियाे । साथै यसकालागि स्थानीय सरकार र अभिभावकज्यूहरूबाट समेत सहजिकरणमा सहभागी भईदिन अनुराेध गरिएको थियाे । भेलामा बेलबारी नगरपालिका बडा नं.४ का वडाध्यक्ष श्री चन्द्र लिम्बूबाट समेत मनतव्य राख्दै विद्यालयका कार्यमा सहजिकरण र सहयाेग गर्ने प्रतिवद्धता जनाउनु भएकाे थियाे ।