छलफल कार्यक्रम सम्पन्न ।

समय सापेक्ष गुणस्तरका लागि समुदायको मागमा आधारित अङ्गेजी माध्यबाट कक्षा सञ्चालनको सुरुआत गर्न अग्रज शिक्षाप्रेमी, विद्यालय सस्थापक तथा समाजसेवीसँगको छलफल कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामकुमार राईको अध्यक्षतामा मिति २०७९ साल फागुन २१ गते छलफल कार्यक्म सम्पन्न गरियो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, बेलबारी नगरपािलकाका वडा सदस्य श्री दिनेश सुवेदी, सस्थापक श्री हरीबहादुर बस्नेत, पुर्व शिक्षक तथा समाजसेवी देवी प्रसाद गाैतम, सस्थापक तथा समाजसेवी दलबहादुर राई, अभिभावक तथा समाजसेवी जितेन्द्र फुयलको उपस्थिति रहेको थियो । सबैबाट समयको माग अनुकुल हुने अङ्गेजी माध्यमबाट सञ्चालन गर्न उपयुक्त हुने राय व्यक्त गरिए भने यसका लागि विस्तृत खाका सहित अभिभावक भेलाको आयोजना गरी प्रस्तुत गर्न विव्यस तथा विद्यालय प्रशासनलाई सुझाव दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *