मिति २०७९ साल पुष ७ गते बेलबारी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भुपेन्द्र प्रसाद काेइरालाकाे प्रमुख आतिथ्यमा ४६ औँ बार्षिक उत्सव कार्यत्क्रम सम्पन्न गरियाे । उक्त अवसरमा ७ दिन सम्म सञ्चालन भएका खेलकुद र बर्ष भरीका शैक्षिक गतिविधिसँग सम्बन्धित नतिजामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियाे । विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य कमल काेइरालाबाट स्वागत मनतब्य र सहायक प्रधानाध्यापक शङ्कर अधिकाकारीबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार राईले गर्नु भएकाे थियो । विद्यालयकाे बार्षिक गतिविधि समेटिएकाे प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक नरप्रसाद भण्डारीले प्रस्त्तुत गर्नुभएकाे थियाे भने साे अवसरमा शिक्षक अभिभावक सङघका अध्यक्ष राजेन्द्रबहादुर अधिकारी, पूर्व शिक्षक देवीप्रसाद गौतमले समेत मनतव्य राख्नुभएकाे थियाे । स्काउटसँग सम्बन्धित कार्यक्रम, बालकक्षा, कक्षा १ , २, ३ का बालबालिकाकाे नृत्य र महिला शिक्षक नृत्यले समेत कार्यक्रमलाई आकर्षक बनाएकाे थियो । साेहि अवसरमा पहिलोपटक प्रकासित भित्ते पत्रिका ‘कसेनीका काेशेली‘काे समेत उद्घाटन गरिएकाे थियाे । विद्यालयका शिक्षक श्री लिलामाया सुवेदीकाे सक्रियता र विद्यार्थी सम्मिलित साहित्यिक समितिकाे प्रयासबाट सुरू गरिएकाे प्रकाशनलाई निरन्तरता दिइने कार्यक्रम रहेकाे छ ।